गृहमन्त्रीसम्बन्धी आरोपमा उच्चस्तरीय स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ। कांग्रेसले  जारी गरेको  प्रेस विज्ञप्तिमा कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने अघिल्लो केन्द्रीय कार्यसमितिको निर्णय स्मरण गराएको छ। विज्ञप्तिमा पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता विषयहरूको निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको […]