निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र नभए पनि वैकल्पिक कागजातका आधारमा मतदान गर्न सकिने स्पष्ट पारेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता परिचयपत्रको सक्कल प्रति उपलब्ध नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रतिमध्ये कुनै एक कागजात प्रस्तुत गरेर मतदान गर्न पाइनेछ। आयोगले मतदान केन्द्रमा खटिने जनशक्तिलाई […]