जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् । यहाँका आठ जिल्लामा विभिन्न व्यक्तिले दुई हजार ५३१ थान इजाजत प्राप्त हातहतियार […]