ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ

काठमाडौं- नेकपा एमालेको अध्यक्षका उम्‍मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन् । सोमबार भृकुटिमण्डपस्थित महाधिवशेनस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरुप ठीक ढंगले चलाउन नेतृत्वमा दाबी गरेको बताए । अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उहाले बताए । उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने […]