बिचौलियासामु बिचरा नेपाली

देखेको असोज पहिलो साता, नापी कार्यालय दमक। एक व्यक्ति काखीमा फाइल च्यापेर हतारहतार आउँछन्। खैनी माड्दै गरेका उनलाई एक पुरुष र दुई महिलाले पछ्याउँछन्। गोजीमा फोन बज्छ। हतारहतार खैनी च्याप्छन्, थुक्छन् र फोन उठाउँछन्। सेवाग्राही टोकन लिएर पालो पर्खिबसेका छन्। ती व्यक्ति भने सीधै पछाडिपट्टि पुगेर झ्यालबाट फाइल छिराउँछन्। उनलाई पछ्याइरहेका पुरुष भन्छन्, ‘धेरै काटिने […]