भरतपुर- सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलास्थित सडकमा केहीबेरअघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। रासस