काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्। चारदिने चीन भ्रमणका क्रममा भण्डारीले हेबेई प्रान्तको स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजित फोरममा सहभागिता जनाउनुका साथै सम्बोधनसमेत गरेकी थिइन्। चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)को आयोजनामा सम्पन्न फोरममा विभिन्न देशका राजनीतिक नेतृत्व, […]