सुदूरपश्चिम दुई महिनादेखि बजेटविहीन, कहिले ल्याउँछ प्रदेश सरकारले बजेट ?

प्रदेश सरकार बजेटविहीन अवस्थामा हुँदा मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीले तलबभत्ता पाएका छैनन् । खरिद प्रक्रिया अगाडि नबढ्दा स्वास्थ्य संस्थामा औषधि अभावको समस्या आउन थालेको छ भने योजना कार्यान्वयनको प्रक्रिया दुई महिना पछाडि धकेलिएको छ ।