काठमाडौं– बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन् । मुशफिकुरको एक दिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् । मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आज […]