भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका कांग्रेस नेता राहुल गान्धीसहित केही विपक्षी सांसदलाई प्रहरीले मंगलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ। विपक्षी दलहरूले संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको थियो। एएफपीका अनुसार गान्धी ब्यारिकेडनजिक भारतीय झण्डा फहराउँदै उभिनुभएको थियो। […]