मस्को– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ । नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको हो । तीन सदस्यीय टोलीले आइएसएसमा २४१ दिनको वैज्ञानिक […]