काठमाडौँ– पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ । तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो । ‘समुन्नत नेपालको प्राथमिक आधार : पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल […]