काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रस्ट सुधार देखिएको बताएका हुन् । प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए । ‘अर्थतन्त्रमा प्रस्ट सुधार […]