प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को विशेष प्रदर्शनीमा सहभागी भएकी छन्। विवेकशील नेपाली पार्टीका संस्थापक थापाको ४९औँ जन्मजयन्ती एवं उज्ज्वल थापा फाउन्डेसनको चौथो वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजना गरेको विशेष प्रदर्शनी गरिएको हो ।