मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ :१. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौं व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण; कवर्गको अन्तिम तथा पाँचौँ वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; नाकथोप्ली ङ। २. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन- उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पाँचौँ […]