एजेन्सी - म्यानचेस्टर सिटीले साउथह्याम्प्टनसँग बराबरी खेलेपछि युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ । साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिवारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन। चोटपछिको फर्किएका एर्लिङ हालान्डले निराशाजनक प्रदर्शन गरे। साउथह्याम्प्टनले २००७/०८ को सिजनमा डर्बी काउन्टीले बनाएको न्यूनतम ११ अंकको कीर्तिमान पार गर्दै एक अंक जोड्यो।