काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । केहीबेरमै सुरु हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने भएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्नेछ ।