‘परान’का निर्माता भन्छन्- कलेक्सन राम्रो छैन, दर्शकको प्रतिक्रिया राम्रो छ

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनरत फिल्म ‘परान’को सुरुवाती दुई दिनको व्यापार सुखद नरहेको निर्माता रञ्जित आचार्यले बताएका छन् । फिल्मको हल भिजिटका दौरान निर्माता आचार्यले दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पाउँदा पनि व्यापार सुखद नरहेको दाबी गरे । चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्स अफिस रिपोर्ट आफ्नो डिभाइसमा अपडेट भइनसकेको उनको भनाइ छ […]