ट्रम्पकी प्रेस सचिवको कानुनी योग्यतामाथि प्रश्न, बार परीक्षामा अनुत्तीर्ण भएको दाबी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाको कानुनी योग्यतामाथि प्रश्न उठेपछि ह्वाइट हाउसले उनको बचाउ गरेको छ। जकारियाले आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आए पनि अमेरिकामा कानुन व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको विषयमा विवाद उत्पन्न भएको हो। मंगलबार पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले जकारियालाई अमेरिकाको कुन राज्यमा कानुन व्यवसाय गर्न […]