प्रतिपक्षको भुमिका सरकारको आलोचना गर्नुमात्रै हैन, जनताको आवाज बोल्नु हो : सचिव बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले बलियो प्रतिपक्षको भूमिका सरकारको आलोचना मात्र गर्ने नभई जनताको आवाजलाई तथ्य, तर्क, अध्ययन र प्रमाणका आधारमा प्रभावकारी रूपमा संसद्मा प्रस्तुत गर्नु रहेको बताएका छन्।