आजका समाचार : रास्वपा महाधिवेशनमा तमासा, विद्यार्थी सडकमा ओर्लेपछि शिक्षामन्त्री रक्षात्मक र भेनेजुएलामा शक्तिशाली भूकम्प

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको चुनावमै भाँडभैलो, भोटिङ मेशिनमा गडबडी गरेको आरोपचितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम नआउँदै अनेक विवाद देखिएका छन् । जम्मा चार हजार तीन सय ११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि २९ सय ५९ मत मात्रै खसेको छ । […]