काठमाडौंमा महिलाका लागि क्यान्सर परीक्षण अभियान: वीर अस्पतालसँग सहकार्य
सम्झौता अनुसार आगामी १६ चैतदेखि वीर अस्पतालबाट सेवा सुरु हुनेछ। दैनिक करिब १०० देखि १२० महिलासम्मलाई परीक्षण गर्ने लक्ष्य राखिएको छ। महानगरले क्यान्सरको जोखिम समयमै पत्ता लगाई उपचारलाई प्रभावकारी बनाउने रणनीतिअनुसार यो कार्यक्रम अघि बढाएको जनाएको छ।