महभिर झरना : पर्यटकको मन लोभ्याउने गन्तव्य

विशेषगरी गर्मीयाममा धेरै पर्यटकको जमघट हुने गरेको छ। शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ। यो झरना ६० मिटर अग्लो छ। बाह्रै महिना भिरको छाँगबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ।