जीवनपथमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: गर्भ पहिचानदेखि संस्थागत सुत्केरीसम्म उल्लेखनीय सुधार

जीवनपथको अवधारणामा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रमले महोत्तरीको बर्दिबास नगरपालिकामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याएको देखिएको छ। तीन वर्षअघि सुरु गरिएको यस कार्यक्रमले गर्भावस्थाको चाँडो पहिचान, संस्थागत सुत्केरी दर वृद्धि, सुत्केरीपछिको घरमै स्याहार सेवा विस्तार र समुदायको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको तथ्यांक हालै काठमाडौंमा आयोजित एक सम्मेलनमार्फत सार्वजनिक गरिएको हो