जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका– १ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए । पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच वटा जिल्लामा खेलिनेछ । […]