सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशबाट चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसहितले वाचा पत्र सार्वजनिक गरेका हुन्। रास्वपाले धनगढीपछि सुर्खेतमा दोस्रो चुनावी सभा गरिरहेको छ।