दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्ना उत्पादनको बिक्री तथा वितरणलाई डिजिटल माध्यममा विस्तार गरेको छ। कम्पनीले उपभोक्ताले घरबाटै दुग्धजन्य उत्पादनबारे जानकारी लिन र अर्डर गर्न सक्ने गरी नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हो। कम्पनीले आगामी एक साताभित्र एन्ड्रोइड तथा आईओएस दुवै प्रणालीमा उपलब्ध हुने आफ्नै मोबाइल एपसमेत सार्वजनिक गर्ने घोषणा गरेको छ। […]