भ्रष्टाचार मुद्दामा इन्जिनियरलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादवलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले २०८२ चैत ८ गते गरेको फैसलामा चित्त नबुझेपछि आयोगले शुक्रबार (असोज १६ गते) पुनरावेदन निवेदन दर्ता गरेको हो।आयोगका प्रवक्ता सुरेश न्यौपानेले विज्ञप्तिमार्फत पुनरावेदन गरिएको जानकारी दिएका छन्। […]