२ पुसमा निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन परिसर पुग्दा सुनसान थियो। भित्र भने यसै साता सरुवा भएर आयोग पुगेका सचिवसँग कर्मचारीको भेटघाट र कुराकानी चल्दै थियो। चुनावी काममा खटिएका कर्मचारीहरू तोकिएको समयमै निर्वाचन हुनेमा आफूहरू ढुक्क हुँदै आन्तरिक तयारीमा जुटिरहेको बताइरहेका थिए। आयोगका सहप्रवक्ता सीता पुन श्रीस भन्छिन्, “चुनावी निर्देशिका, आचारसंहितालगायतमा काम भइरहेको छ।” […]