काठमाडौँ । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीन परियोजना अनुकूलन कोषबाट स्वीकृत भएको छन् । अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार तीनवटै परियोजना स्वीकृत गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सीमित वित्तीय स्रोत र बढ्दो विश्वव्यापी मागबीच नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताइन् […]