मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

भक्तपुर । विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके […]