काठमाडौँ । अन्तर्राष्ट्रिय पहिचान र धार्मिक-सांस्कृतिक गौरवको केन्द्र लुम्बिनीमा व्यापक आर्थिक अनियमितता, भ्रष्टाचार र पुरातात्विक सम्पदाको विनाश भइरहेको भन्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले आपत्ति जनाएको छ । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका प्रतिनिधिहरूले लुम्बिनी विकास कोषको विकृति र सरकारको उदासीनताप्रति आलोचना गरेका हुन् । महाअभियानका सहसंयोजक रामविकास चौधरीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संवेदनशीलतालाई नजरअन्दाज […]