स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको हो । […]