मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ । दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा उल्लेख […]