बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, कति परिवारले पाए रकम ?

नेपाल विद्युत् प्राधिकरणले रसुवा र नुवाकोटको बाढीमा सम्पर्कविहीन भएका कर्मचारीका आश्रित परिवारलाई राहत वितरण सुरु गरेको छ। आवश्यक प्रमाणसहित निवेदन दिएका ६ जना कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ। गत भदौ १० गते आएको बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए। प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही पाँच […]