सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ। जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ। बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका थिए। पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी […]