१० दिनसम्म बाँचिरहेको त्यो आशा, कुशको खरानी बनेर उड्यो !
भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ।