राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सञ्चालन गर्ने तयारी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी कुनै पनि विधामा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीका लागि पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। हालसम्म प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन व्यवस्था रहे पनि पीएचडी कार्यक्रम सम्बन्धित विश्वविद्यालयले तयार गर्नुपर्ने भएकाले त्यसतर्फ पहल थालिएको एमडिजिपी डा. के.के. राईले जानकारी दिए।