एक रूपैयाँको चार वटा आँप!

पाकेर बढी भएको केरालाई काटेर चाना बनाई ढुंगेछानाको धुरीमाथि आमाले सुकाउनुहुन्थ्यो। सुकेपछि केराको चाना अति नै मिठो लाग्थ्यो। केरा नहुने ठाउँमा जाँदा कोसेलीको रूपमा केराको सुकाइएको चाना लिएर जाने चलन थियो गाउँमा।