तीन वर्षदेखि उस्तै समस्या दोहोरिँदै : बैंकहरूमा ‘इभरग्रिनिङ’ रोक्न राष्ट्र बैंक अझै असफल

नेपाल राष्ट्र बैंकले लगातार तीन आर्थिक वर्षदेखि बैंकहरूको सुपरिवेक्षण प्रतिवेदनमार्फत एउटै प्रकृतिको समस्या औंल्याइरहे पनि बैंकिङ क्षेत्रमा ‘इभरग्रिनिङ’ अर्थात् समस्याग्रस्त कर्जालाई नयाँ कर्जा वा लेखा व्यवस्थापनमार्फत असल देखाउने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको देखिएको छ। राष्ट्र बैंकअन्तर्गतको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेका आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का प्रतिवेदनहरूले बैंकहरूले कर्जा व्यवस्थापनमा दोहोर्याइरहेका कमजोरीहरू […]