एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध कसिलो बलिङ गरेको छ। सिंगापुरमा नेसनल क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट भएको हो । ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे । चार ओभर बलिङ गर्दा एक […]