कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट पारेको छ। एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ स्वतन्त्र रूपमा चुनावी अभियानमा रहेको जानकारी दिनुभयो। उहाँले स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा एमालेबारे आएका कतिपय समाचार भ्रामक भएको र निष्पक्ष सामग्री प्रस्तुत नभएको […]