गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा उपसभामुखको निवासमा आगजनी तथा तोडफोड गरी लुटपाट गरिएका सामग्री फिर्ता गर्न आग्रह गरिएको छ । प्रदेशसभा सचिवालयले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सामग्री सचिवालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको […]