प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग निरीक्षण गरेकी छन् ।  प्रधानमन्त्री कार्कीले मंगलबार द्रुतमार्ग अन्तर्गत खोकना क्षेत्रको समस्या बुझ्दै द्रुतमार्गको अन्य क्षेत्रको समेत निरीक्षण गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिइन् ।  […]