घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा जम्मा भएका घाइते जेन-जीहरूसामु राजावादीको समूहले नाराबाजी गरेको छ। राजा चाहियो भन्दै नाराबाजी भएपछि माइतीघरमा केही बेर तनावको वातावरण भएको छ। राजा चाहियो भन्दै नारा लगाउने समूह र जेन-जीबीच त्यसक्रममा भनाभनको अवस्था पैदा भएको छ । अहिले त्यहाँ तैनाथ प्रहरीले दुवै पक्षलाई विवाद गर्नबाट रोकेको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी