काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए। बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो।