काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजार ५७८ जना यात्रुले उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन्। उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष रहेका […]