काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा नागरिक आफ्नो गाउँघर फर्किएसँगै राजधानीका सडक, बजार तथा सार्वजनिक स्थल सुनसान देखिन थालेका छन्। सामान्य दिनमा सवारीसाधन र पैदलयात्रुको चापले व्यस्त रहने काठमाडौंका मुख्य सडकमा दसैँको समयमा चहलपहल घटेको छ। रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका नागरिक दसैँ मनाउन गृहजिल्ला फर्किएपछि राजधानीको दैनिक जनजीवनमा […]