जेन-जी आन्दोलनपछि पहिलोपटक च्यासल जाँदै ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासल जाँदैछन् । सम्पर्क समन्वय कमिटीको आयोजनामा शनिबार चियापान कार्यक्रम आयोजना गरिएको सचिव आरसी लामिछानेले बताएका छन् ।   अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा २ बजेका लागि कार्यक्रम आयोजना  गरिएको हो ।