रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नक्सालमा, इन्डीको मूल्य कति ?

भारतीय विद्युतीय स्कुटर निर्माता रिभर मोबिलिटीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ। विशाल ग्रुपसँगको साझेदारीमा नेपाली बजारमा प्रवेश गरेको कम्पनीले ‘इन्डी’ स्कुटरको एक्स–शोरुम मूल्य तीन लाख ७० हजार रुपैयाँ तोकेको छ। नक्सालको नारायण चौरस्थित सामा मार्गमा रहेको स्टोरबाट ग्राहकले टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन्। बिक्रीपछिको सेवाका लागि भीमसेनस्थानस्थित भीजी […]